वीरगन्ज । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्धविरुद्धको जेनजी प्रदर्शन आज हिंसात्मक बनेको छ। प्रहरीको गोली लागेर मृत्यु हुने प्रदर्शनकारीको संख्या आठ पुगेको छ।
आज बिहानैबाट शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन प्रहरीको बल प्रयोगपछि थप हिंसात्मक बनेको हो। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा २ जनाको, ट्रमा सेन्टरमा ५ जनाको र एकजनाको घटनास्थलमा मृत्यु भएको पुष्टि भएको छ। उनीहरू सबैलाई रबरको गोली लागेको बताइएको छ। अस्पतालले घाइतेहरूको उपचार गरिरहेको छ। घाइतेहरूको यकिन संख्या भने आइसकेको छैन।
दिउँसो साढे १२ बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको भए पनि आन्दोलन रोकिएको छैन। नयाँ बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ।