वीरगन्ज । जनताका माग सम्बोधन नगरेको भन्दै जेनजीले सुरु गरेको प्रदर्शनले उग्र रूप लिएपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बानेश्वर–तीनकुने क्षेत्रमा मात्रै सीमित कर्फ्युलाई राजधानीका प्रमुख प्रशासनिक र राजनीतिक केन्द्रहरूमा समेत विस्तार गरेको छ।
यसअनुसार अब राष्ट्रपति कार्यालय (शीतल निवास), उपराष्ट्रपति कार्यालय (लैनचौर), नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा समेत कर्फ्यु लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म यी क्षेत्रमा आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जेनजी प्रदर्शनकारीहरू संसद भवनभित्र प्रवेश गरेपछि र त्यसबाट उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले यो कदम चालेको हो।