ट्रेन्डिङ

जेनजी युवा संसद भवनभित्र प्रवेश, बानेश्वरको अवस्था तनावग्रस्थ

वीरगन्ज । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले आज संसद भवनभित्र प्रवेश गरेका छन्।

नयाँबानेश्वरस्थित संसद भवनको पर्खाल र गेट नाघेर प्रदर्शनकारीहरू भित्र छिरेपछि अवस्था तनावग्रस्त बनेको छ।

प्रहरीले प्रदर्शनकारीहरूलाई रोक्न अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको छ। माइतीघर र तीनकुने दुवैतर्फबाट आएका प्रदर्शनकारीहरू बानेश्वरमा भेला भएपछि प्रहरी घेरामा परेको थियो। यही मौका छोपी केही प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडेर संसद भवनको परिसरभित्र प्रवेश गरेका छन्।

यो घटनाले सामाजिक सञ्जालबाट सुरु भएको युवा आक्रोश अब सडक हुँदै सरकारको केन्द्रबिन्दुसम्म पुगेको संकेत गर्दछ। यो ‘नेतृत्वविहीन’ आन्दोलनले यसअघिका प्रदर्शनहरूभन्दा फरक र अप्रत्याशित मोड लिएको छ। अहिले संसद भवन परिसरभित्रको अवस्था निकै तनावपूर्ण छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै