
बीरगन्ज । बाराको परवानीपुरस्थित एल.एस. न्युरो अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा ७ जना महिलासहित ६० जनाले रक्तदान गरेका छन् ।
बिजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । अस्पतालका सञ्चालक डा. रामप्रवेश प्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा परवानीपुर गाउँपालिकाका नगरप्रमुख राम क्षेत्री पटेल, नेपाली कांग्रेस बाराका क्षेत्रीय सभापति लोकेश सिंह, तरुणदलका बारा अध्यक्ष दिपेन्द्र पटेल तथा केन्द्रिय सदस्य राज किशोर गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा महेश साह, दिपेस साह, बिकास पटेल, सन्तोष कुमार, डा. प्रविन कुशवाहा, रामएकवाल कुशवाहा, बिरेन्द्र प्रसाद कुर्मी, सिकेन्द्र ठाकुर, सुनिल यादव लगायतकाले रक्तदान गरेका रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।
रक्तदान कार्यक्रममा एल.एस.न्यूरो अस्पतालका प्रशासन प्रमुख बिनोद पटेल, समाजसेवी राजेन्द्र भट्टराई, सन्दीप साह लगायतको सहभागीता थियो ।
रक्तसञ्चार केन्द्र बीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहा, लिलाधर साहको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।