जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी भदौ २० गते, शुक्रबार मोहम्मद जयन्ती(मोहम्मद डे) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मधेश प्रदेश सरकारको २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचना अनुसार यो निर्णय गरिएको हो। गृह, सञ्चार तथा कानून मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार, मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय सम्बन्धित सबैलाई जानकारी गराइएको छ।
