ट्रेन्डिङ

चितवनको सिडिओमा गणेश अर्यालको सरुवा

वीरगन्ज । गृहमन्त्रालयले चितवनमा सिडिओ गणेश अर्याललाइ पठाएको छ ।

पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्याललाई गृहमन्त्रालयले चितवनमा पठाएको हो।

गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भोजपुरमा सीडीओमा शिवलाल तिवारीलाई पठाएको हो ।

यही भदौं ४ गते गृहमन्त्रालयले पर्साका तात्कालिन सिडिओ अर्यालसहित २४ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको थियो ।

गृहमन्त्रालयमा सरुवा भएका केही सातामै उनलाइ चितवनको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै