ट्रेन्डिङ

दशैंका लागि भदौ २९ देखि नयाँ नोट साट्न पाइने

वीरगन्ज । चाडपर्वको अवसरमा नयाँ तथा सफा नोटको मागलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंका लागि सफा नोट साट्ने भएको छ ।

भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीसहित देशभरका सातवटा प्रादेशिक कार्यालयहरू— विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सर्वसाधारणले नोट साट्न सक्नेछन्।

त्यस्तै, राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूलाई पनि नोट साट्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

दशैंजस्तो ठूलो चाडमा हुने नयाँ नोटको अत्यधिक मागलाई व्यवस्थित गर्नुका साथै सर्वसाधारणलाई स्वच्छ र सफा नोट उपलब्ध गराउने यस्को उदेश्य रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै