बहुदरमाइ नगरपालिकामा एकजनाले गरे आत्महत्या

वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकामा आज विहान एकजना आत्महत्या गरेका छन् ।

बहुदरमाइ नगरपालिकाको वडा नम्बर–७ मा एक पुरुषले आत्महत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ४८ वर्षीय शम्भु साह कानुले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

उनका अनुसार कानु आफ्नै घरको भुइँ तल्लामा पंखामा झुण्डिएर आत्महत्या गरेका हुन । कानुको मृत्युबारे खबर आउनसाथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको कारणबारे आवश्यक अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै