एकैदिन २१९ प्रशासकीय अधिकृतको सरुवा, पर्साको कुन पालिकामा को आए !

वीरगन्ज । नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरूमा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरू खटाएको छ।

देशभरका गाउँपालिका र नगरपालिकाहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने उद्देश्यले मन्त्रालयले बिहीबार एकैपटक २१९ जना उपसचिव र शाखा अधिकृतको सरुवा गरेको थियो।

यस निर्णयसँगै, पर्साका दुई नगरपालिका र तीन गाउँपालिकामा नयाँ प्रशासकीय नेतृत्व आएको छ। मन्त्रालयको भदौ १२ गतेको निर्णयअनुसार, पोखररिया नगरपालिकामा उपसचिव प्रदर्शनी कुमारी र बदुरमाई नगरपालिकामा उपसचिव सागर शाहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। दुवै जना यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।

त्यसैगरी, शाखा अधिकृतहरूलाई पनि विभिन्न गाउँपालिकामा खटाइएको छ। कृष्णप्रसाद खतिवडालाई धोबिनी गाउँपालिका, मोहम्मद महफुज अहमदलाई छिपहरमाई गाउँपालिका र सरोजकुमार चौधरीलाई ठोरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै