ट्रेन्डिङ

उखु किसानलाई राज्यले सबैभन्दा बढी उपेक्षा गर्‍यो : उपेन्द्र यादव

वीरगन्ज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरूलाई राज्यले सबैभन्दा बढी उपेक्षा गरेको आरोप लगाएका छन् ।

बिहीबार माइतीघरमा उखु किसानको प्रदर्शनमा सहभागी हुँदै उनले सरकारले किसानहरूलाई तत्काल दिनुपर्ने अनुदान र भुक्तानी उपलब्ध गराउन ढिलाइ गरेकोमा कडा आलोचना गरे ।

अध्यक्ष यादवले किसानलाई ‘अन्नदाता’ भन्दै नेपालमा राज्यले उनीहरूको हितका लागि कुनै ठोस नीति वा योजना नबनाएकोमा असन्तुष्टि जनाए । उनले किसानमध्ये पनि उखु किसान सबैभन्दा बढी अपहेलित र पीडित भएको बताए । ‘किसानले उत्पादन गरेको उखु बेचेर मिल सञ्चालकहरू धनी हुन्छन्, तर किसानले समयमा आफ्नो परिश्रमको मूल्य पाउँदैनन्,’ उनले भने ।

यादवले सरकारलाई तत्काल दुईवटा काम गर्न आग्रह गरेका छन् । पहिलो– उखु किसानले पाउनुपर्ने अनुदान तत्काल निकासा गरेर उपलब्ध गराउनुपर्न, दोस्रो–उखु मिलहरूले किसानबाट उखु खरिद गरेपछि तोकिएको समय १५ दिन वा एक महिनाभित्र अनिवार्य रूपमा भुक्तानी दिनुपर्ने, उनले यी दुई काम नगरिएमा किसानले हर्जना र ब्याजसमेत पाउनुपर्ने तर्क गरे । र सरकारलाई दबाब दिने प्रयास भएको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै