इम्बोस्ड नम्बर प्लेट जडानमा ढिलासुस्ती गर्नेलाई जरिवाना नगरिने : विभाग

वीरगन्ज । इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीहरूमाझ फैलिएको ‘तत्काल जरिवाना हुने’ भन्ने हल्लाको यातायात व्यवस्था विभागले खण्डन गरेको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै तत्काल कसैलाई पनि जरिवाना वा कारबाही नगरिने स्पष्ट पारेको छ।

विगत केही समयदेखि सामाजिक सञ्जाल र विभिन्न माध्यममा असोज १ गतेदेखि इम्बोस्ड प्लेट जडान नगरेको खण्डमा कारबाही र जरिवाना हुने भनी अफवाह फैलिएको थियो। यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले अहिले त्यस्तो कुनै पनि निर्णय नभएको जनाएको छ।

विभागका अनुसार, यातायात व्यवस्था ऐन र नियमावलीमा आधारित रहेर इम्बोस्ड प्लेट जडानलाई अनिवार्य बनाइए पनि यसको कार्यान्वयनका लागि तत्काल कुनै जरिवाना वा कारबाही नगरिने भएको छ। विभागले सबै सवारीधनीलाई आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ।

इम्बोस्ड प्लेटबाट प्राप्त हुने तथ्याङ्क विदेशीको हातमा पुग्ने र राष्ट्रिय सुरक्षामा खतरा हुने भनी फैलिएको हल्लाप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागका अनुसार, सम्पूर्ण तथ्याङ्कहरू यातायात व्यवस्था विभाग परिसरमै रहेको सुरक्षित डाटा सेन्टरमा राखिएको र डाटाको सुरक्षा सुनिश्चित गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै