गौर हत्याकाण्डको छानबिनविरुद्ध जसपा नेपालको प्रदर्शन

वीरगन्ज । सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल आन्दोलित बनेको छ।

पार्टीका शीर्ष नेताहरूले अदालतको यो कदमलाई राजनीतिक प्रतिशोध र मधेश आन्दोलनका उपलब्धिहरूलाई समाप्त पार्ने षड्यन्त्रका रूपमा लिएका छन्।

परमादेशको विरुद्धमा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवको नेतृत्वमा मधेश प्रदेशको राजधानी जनकपुरधाम, बाराको कलैया लगायत प्रदेशको विभिन्न जिल्लामा टायर बालेर प्रदर्शन गरिएको छ । अध्यक्ष बालकिशोर यादवले मधेश आन्दोलनका उपलब्धिहरूलाई समाप्त पार्ने उद्देश्यले अदालतबाट परमादेश आएको आरोप लगाएका छन् । उनले पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान हुने भएपछि पार्टी रुष्ट बनेको र आन्दोलनमा उत्रिएको स्पष्ट पारे ।

प्रकरणलाई लिएर पार्टी निकट युवाहरुले संघीय राजधानी काठमाडौँमा समेत प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै