ट्रेन्डिङ

पृथ्वी राजमार्ग अन्र्तगतको नागढुंगा सडक बन्द

काठमाण्डौ । पृथ्वी राजमार्ग अन्र्तगतको नागढुंगा सडक पुनः बन्द गरिएको छ । सो सडक पुनः दुई घण्टाका लागि बन्द गरिएको हो ।

१२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा भनिएको छ ।

लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन अनुरोध समेत गरिएको छ ।

झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो । त्यहाँ पहिरोले ठूलो मानवीय क्षति पनि भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै