ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको प्रहरीलाई निर्देशन : ‘झूटो आरोप लगाएर कसैलाई नफसाउनुस्’

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई ‘झूटो आरोप लगाएर कसैलाई नफसाउन’ निर्देशन दिँदै सुशासन कायम गर्न आग्रह गरेका छन्।

उनले प्रहरीलाई जनताको सेवकको भूमिकामा रही न्यायोचित ढङ्गले काम गर्न पनि सचेत गराएका छन्।

जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन पश्चात एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राणा शासन र पञ्चायती व्यवस्थामा जस्तो कसैलाई यातना दिने वा फसाउने कार्य अब स्वीकार्य नहुने बताए। ‘त्यसबेला शासनसत्ता जोगाउनका लागि झूटो आरोप लगाउने चलन थियो,’ उनले भने, ‘अहिलेको लोकतन्त्रमा यस्ता गतिविधि पूर्णतया निन्दनीय छन्। प्रहरीले न्याय र निष्पक्षताका साथ काम गर्नुपर्छ।’

प्रधानमन्त्रीले मुलुकमा अराजकता फैलाउन खोज्ने केही तत्वहरूबाट सतर्क रहन पनि प्रहरीलाई आग्रह गरे। ‘आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने र देशमा अराजक गतिविधि गरिरहेका तत्वहरूबाट सचेत हुनुपर्छ,’ उनले थपे, ‘लोकतन्त्र स्थापनामा कुनै योगदान नभएका यस्ता तत्वहरूलाई समाज र राष्ट्रले नै सजाय दिनुपर्छ।’

प्रधानमन्त्री ओलीले प्रहरीलाई आफ्नो योग्यता र दक्षता प्रयोग गरी इमान्दारीपूर्वक जनताको सुरक्षा र सेवामा समर्पित हुन पनि आह्वान गरे। उनले देशमा बढ्दो आपराधिक क्रियाकलाप, चोरी, तस्करी, मानव बेचबिखन र राजस्व चुहावट नियन्त्रण गर्न प्रहरी संगठनले गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै