ट्रेन्डिङ

सर्लाहीमा गोली प्रहार, एक जनाको मृत्यु

एकजना पक्राउ

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति करिब ८:२० बजे सोही वडाका ४० वर्षीय रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले टाउकोमा गोली हानेका थिए।

गम्भीर घाइते भएका उनलाई तत्कालै महोत्तरीस्थित जानकी हेल्थ केयरमा उपचारका लागि लगिएको थियो।

तर उपचारको क्रममा राति ८:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ४ जना र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ११ जना प्रहरी टोली घटनास्थलमा खटिएका थिए।

थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २१ जनासहित ३६ जनाको टोली परिचालन गरिएको छ।

अहिलेसम्म आक्रमणको कारण र संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनामा रहेको आशंकामा एकजना भने पक्राउ परेको र अन्य
संलग्नहरूलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै