ट्रेन्डिङ

गौर प्रादेशिक अस्पतालमा ‘एमसिएच’ क्लिनिक र ‘क्यान्टिन’ उद्घाटन, नर्सिङ पढाई सुरु गर्न पहल गर्ने मुख्यमन्त्रीको आश्वासन

रौतहट । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य (एमसिएच) क्लिनिक र चमेना गृह (क्यान्टिन) को उद्घाटन गरेका छन् ।

मंगलबार एक कार्यक्रमकाबिच उनले अस्पतालमा एमसिएच क्लिनिक र चमेना गृहको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास बढाउन आवश्यक रहेको बताए ।

न्यूनतम खर्चमा नागरिकले गुणस्तरयुक्त स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै उनले गौर प्रादेशिक अस्पतालमा नर्सिङ पढाइ सुरु गर्न पहल गर्ने आश्वासन देखाए ।

उनले गैरकानुनी रूपमा सञ्चालित निजी अस्पतालहरूलाई आफुले अनुगमनमार्फत बन्द गराएको उल्लेख गर्दै तीमध्ये केहीले स्थानीय तहको अनुमति लिएर पुनः सञ्चालनमा आएका भए पनि अधिकांशले मापदण्ड पूरा नगरेको जानकारी प्राप्त भएको बताए । अस्पताल अनुगमनलाई निरन्तरता दिइने उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले संघीयता अघि र पछि अस्पतालको अवस्थामध्ये स्पष्ट फरक देखिन थालेको उल्लेख गर्दै प्रदेश सरकार मधेशलाई स्वस्थ्य बनाउने दिशामा अग्रसर रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले संघीयता आएपछि प्रादेशिक अस्पतालहरू सुधारको नमुना बन्न थालेको र मन्त्रालयले कुनै विभेद नगरी सबै अस्पतालको विकासमा ध्यान दिइरहेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै