ट्रेन्डिङ

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका सहयोगी सलीम पिस्टल काठमाडौँमा पक्राउ, भारतलाई हस्तान्तरण

काठमाडौँ । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका नजिकका सहयोगीमध्ये एक शेख सलीम उर्फ सलीम पिस्टल काठमाडौँमा पक्राउ परेका छन्।

पाँच दिनअघि विशेष सूचनाका आधारमा उनलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतमा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सलीम पिस्टल विभिन्न आपराधिक समूहलाई हतियार आपूर्ति गर्दै आएको आरोप छ।

उनले काठमाडौँमा पहिचान लुकाएर बसोबास गरिरहेको अवस्थामा भारतीय प्रहरीको सूचनाका आधारमा कारबाही गरिएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेका सलीमलाई नेपाल प्रहरीले प्रक्रिया पूरा गरी भारतीय प्रहरीसमक्ष बुझाएको बताइएको छ।

दुई देशबीच यस प्रकारको अपराध नियन्त्रणका लागि बेलाबेलामा समन्वय हुने गरेको प्रहरी स्रोतको भनाइ छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलीम पिस्टल भारतमा हतियार तस्करी र आपराधिक गिरोहसँगको संलग्नतासहित विभिन्न मुद्दामा फरार रहेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै