ट्रेन्डिङ

धनुषा र सर्लाहीमा मध्यमदेखि भारी वर्षा, नदी–खोलामा बहाव बढ्ने सम्भावना

जनकपुर । मधेसको दुइ जिल्लामा आज बिहान ६:३० बजे भारी वर्षा भएको छ ।

पछिल्ला ६ घण्टामा धनुषा जिल्लास्थित तुलसी वर्षामापन केन्द्र र सर्लाही जिल्लाको परवानीपुर तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सो क्षेत्रमा बहने स–साना खोलाहरूमा पानीको बहाव केही बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

वर्षाका कारण नदी–नाला र खोला किनारमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

आवश्यक परेको खण्डमा सुरक्षित स्थानमा जान विभागले स्थानीयलाई अनुरोध गर्दै संभावित जोखिम क्षेत्रका बासिन्दालाई मौसम जानकारीमा निरन्तर अपडेट रहन आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै