ट्रेन्डिङ

आज भैरहवामा संघीय लोकतान्त्रिक मोर्चाको बृहत् सभा

वीरगन्ज । तराई मधेशका सात वटा राजनीतिक दलहरूको संयुक्त मोर्चा, संघीय लोकतान्त्रिक मोर्चाले आज भैरहवामा बृहत् कार्यक्रम आयोजना गर्दैछ।

मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे देशव्यापी रूपमा जानकारी गराउने अभियानअन्तर्गत यो कार्यक्रम भइरहेको हो। नागरिक उन्मुक्ति पार्टीले संयोजन गरेको यस कार्यक्रममा मोर्चाका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्। यसमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, लोसपा नेपालका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला र जसपा नेपालका महासचिव रामकुमार शर्मा लगायतका नेताहरूको उपस्थिति रहनेछ। उनीहरूले मोर्चाको भावी रणनीति र मधेशका मुद्दाहरूलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आफ्नो धारणा राख्नेछन्।

यो कार्यक्रम यसअघि साउन १८ गते काठमाडौंमा सम्पन्न भएको थियो। भैरहवापछि मोर्चाले आफ्नो अभियानलाई निरन्तरता दिँदै देशका विभिन्न सहरहरूमा कार्यक्रम गर्ने योजना बनाएको छ। आगामी कार्यक्रमहरू साउन २३ गते नेपालगन्ज, २५ गते कैलाली, भदौ १६ र १८ गते विराटनगर, २० गते जनकपुर र २२ गते वीरगन्जमा हुनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै