ट्रेन्डिङ

कलैयामा तरकारी व्यवसायीको आन्दोलन : बहाल विटौरी कर वृद्धिको विरोध

कलैया । कलैया उपमहानगरपालिकाले बहाल विटौरी कर दोब्बर बढाएको भन्दै तरकारी व्यवसायीहरूले शुक्रबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्।

कर वृद्धिको विरोधमा तरकारी तथा फलफूल खुद्रा व्यवसायी संघ, कलैयाको नेतृत्वमा व्यवसायीहरूले पसल बन्द गरेर कलैया बजारमा धर्ना दिइरहेका छन्।

संघका अध्यक्ष आलम हुसेनका अनुसार, उपमहानगरपालिकाले पहिले ३० रुपैयाँ लाग्ने करलाई ५० रुपैयाँ र ४० रुपैयाँ लाग्ने करलाई ८० रुपैयाँ पुर्याएको छ। ‘एकाएक दोब्बर कर बढाउँदा साना व्यवसायीहरूलाई व्यवसाय चलाउन कठिन भएको छ,’ उनले भने। उपमहानगरपालिकाले कर वृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने व्यवसायीहरूको अडान छ।

आन्दोलनमा उत्रिएका व्यवसायीहरूले नगर प्रहरीले शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्दै जबरजस्ती पसल खोल्न दबाब दिएको आरोप लगाएका छन्। करिब दुई सय खुद्रा व्यवसायी आन्दोलनमा उत्रिएपछि कलैया बजारमा तरकारी पसलहरू बन्द छन्। यसबाट दैनिक उपभोग्य तरकारी नपाउँदा उपभोक्ताहरू पनि समस्यामा परेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै