ट्रेन्डिङ

देशभर ज्यान गुमाउनेको सङख्या १९३ जना पुुग्यो, ३१ बेपत्ता

काठमाण्डौँ । बाढी पहिरोका कारण देशभर ज्यान गुमाउनेको सङख्या १ सय ९३ जना पुुगेको छ । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थप ३१ जना बेपत्ता रहेका छन् । घाइतेको सङ्ख्या ९६ रहेको छ भने ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ । लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै