ट्रेन्डिङ

२० वटा केक काटेर बर्थडे मनाइ रहेका थिए चक्रे मिलन, पक्राउ परे

काठमाडौं । राजधानी प्रहरीले गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) सहितकालाइ पक्राउ गरेको छ ।

गएराती राजधानी प्रहरीले चलाएको संयुक्त अप्रेसनमा उनीसहितकालाइ पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

राजधानीमा बिहीबार रातभर गरिएको अप्रेसनमा उनीसहित ४७ जना पक्राउ परेका छन्।

पक्राउ पर्दा चक्रे मिलन आफ्नै बर्थडे पार्टीमा रहेका थिए।

प्रहरी स्रोतका अनुसार २० वटा केक काटी बर्थडे मनाइरहेको बेला उनलाइ पक्राउ गरिएको हो ।

उनको ‘बर्थडे पार्टी’ मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू भेला भएको सूचनाका आधारमा प्रहरीले अप्रेसन चलाएको बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै