ट्रेन्डिङ

नागरिक उन्मुक्ति पार्टीमा विभाजन : रञ्जिता श्रेष्ठ पदमुक्त, लालवीर चौधरी अध्यक्ष

वीरगन्ज । नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ।

पार्टीमा रञ्जिता श्रेष्ठविरोधी पक्षले राष्ट्रिय भेला आयोजना गरी श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै उनका पति रेशम लाल चौधरीका बुबा लालवीर चौधरीलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ।

यो निर्णय श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको भोलिपल्ट आएको हो। अध्यक्षमा नियुक्त भएपछि लालवीर चौधरीले पार्टीलाई विधि र पद्धतीअनुसार निकास दिनका लागि यो कदम चालिएको बताए। उनले पार्टी कमिटीको सुझाव सल्लाहका आधारमा अघि बढ्ने प्रतिबद्धता पनि जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नबसेको आरोपसमेत लगाए।

‘उहाँलाई (रञ्जिता श्रेष्ठ) हामीले टाढा राखेका छैनौं। अहिले पनि यहाँ आएर आफ्नो कुरा राख्न भनेका थियौं, उहाँलाई पार्टीले धेरै पर राखेको छैन,’ चौधरीले भने, ‘एउटा निकासका लागि मात्रै यो कदम अघि बढेको हो।’

नाउपामा लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद र नेतृत्वको खिचातानीका कारण पार्टी विभाजित भएको हो। यस विभाजनले सुदूरपश्चिम प्रदेशको राजनीतिमा समेत यसको प्रत्यक्ष असर देखिने सम्भावना छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै