ट्रेन्डिङ

सरकारले पीडा नदेखेको भन्दै आँखामा कालोपट्टी बाँधेर मिटरब्याज पीडितको प्रदर्शन

वीरगन्ज । सरकारले आफूहरूको पीडा नदेखेको भन्दै मिटरब्याज पीडितहरूले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।

सिराहाको लहान नगरपालिकाका दुई जना पीडितले माइतीघर मण्डलामा साहुलाई कारबाहीको माग गर्दै धर्ना दिएका हुन्। लहान नगरपालिका–३ की सीता कुमारी मण्डल र वडा–७ का श्याम विश्वकर्माले मिटरब्याजी साहुहरू रामलोचन गुप्ता र राम कुमार महतो (रामबाबु) विरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरूले साहुहरूले ऋण दिँदा जग्गा आफ्नो नाममा पास गराएको र पाँच–पाँच लाख रुपैयाँ ऋण दिएको बताएका छन्। २१ लाख रुपैयाँ बुझाउँदा पनि जग्गा फिर्ता नगरेकोले न्यायको खोजीमा कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिनुपरेको पीडितहरूले बताएका छन्।

पीडितहरूले सरकारले मिटरब्याज सम्बन्धी समस्या समाधानमा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। यस प्रदर्शनले सरकारलाई मिटरब्याज पीडितहरूको समस्या सुन्न र समाधानका लागि आवश्यक कदम चाल्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै