ट्रेन्डिङ

मंगलबार सुन सस्तियो, चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने थोरै वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको हो।

अघिल्लो दिन सोमबार यो मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँले बढेर २ हजार ३०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै