ट्रेन्डिङ

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

सप्तरी । सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–२, पौवाँमा एक दम्पतीको ज्यान गएको छ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया पत्नी रामकुमारी खंग रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको थियो।

उनलाई बचाउने प्रयासमा श्रीमती रामकुमारी पनि करेन्टमा परेपछि दुवैको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ।

स्थानीयवासीका अनुसार मृतक दम्पती मेहनती र व्यवहारमा सरल व्यक्तित्वका थिए।

उनीहरूको असामयिक निधनले गाउँमा शोकको वातावरण छाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै