बारा । बाराको परवानीपुर गाउँपालिकामा लोसपाले शिलान्यास गरेको गाउँपालिका भवनको आज औपचारिकरूपमा उद्घाटन हुँदैछ ।
नयाँ प्रशासनिक भवनको अब केही बेरमा उद्घाटन हुन लागेको छ ।
तत्कालीन महन्थ ठाकुर नेतृत्वको राजपाबाट निर्वाचित गाउँपालिका अध्यक्षले भवनको दुइ तल्लासम्म निर्माण गरेका थिए ।
०७४ सालमा शिलान्यास गरिएको उक्त भवनको भने आज उदघाटन लागिएको हो ।
तत्कालीन राजपा नेतृत्वको गाउँपालिका अध्यक्षले भवनको निर्माण कार्य अगाडि बढाएकोले आजको उद्घाटनशत्रमा लोसपा अध्यक्ष ठाकुरसहित श्रम मन्त्री शरद सिंह भण्डारी पनि कार्यक्रम सहभागीता हुन लागेका हुन ।
प्रधानमन्त्री ओलीसंगै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलसहित शीर्षस्थ नेतृत्व परवानीपुरको कार्यक्रम सहभागी हुने कार्यतालिका रहेको छ ।
आठ वर्षपछि आफ्नै भवनमा सेवा सुरु गर्ने तयारीमा रहेको छ ।
गाउँपालिकाका प्रमुख रामक्षेत्री कुर्मीका अनुसार प्रधानमन्त्री ओलीले सुरुमा महोत्तरीको कार्यक्रममा सहभागी भई त्यसपछि दिउँसो २ बजेपछि मात्रै बाराको परवानीपुर पुग्नेछन्।
२०७४ सालमा पहिलो स्थानीय तह निर्वाचनपछि शिलान्यास गरिएको नयाँ भवन बजेटको अभावले केही ढिलो सम्पन्न भएको हो।