ट्रेन्डिङ

प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको नयाँ भवन उद्घाटन आज

बारा । आठ वर्षपछि आफ्नै भवनमा सेवा सुरु गर्ने तयारीमा रहेको बाराको परवानीपुर गाउँपालिकाले आज औपचारिक रूपमा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दैछ। उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रम छ।

गाउँपालिकाका प्रमुख रामक्षेत्री कुर्मीका अनुसार प्रधानमन्त्री ओलीले सुरुमा महोत्तरीको कार्यक्रममा सहभागी भई त्यसपछि दिउँसो २ बजेपछि मात्रै बाराको परवानीपुर पुग्नेछन्।

२०७४ सालमा पहिलो स्थानीय तह निर्वाचनपछि शिलान्यास गरिएको नयाँ भवन बजेटको अभावले केही ढिलो सम्पन्न भएको हो। गाउँपालिका विगत आठ वर्षदेखि भाडाको घरमा सेवा प्रवाह गर्दै आइरहेको थियो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारका अनुसार नयाँ आर्थिक वर्षदेखि गाउँपालिकाको सम्पूर्ण सेवा नयाँ भवनबाट प्रदान गरिनेछ।

उनले भने, ‘विगतमा साँघुरो भाडाको घरबाट सेवा दिनुपर्दा सेवाग्राही र कर्मचारी दुवैलाई असहज हुने अवस्था थियो। पार्किङको व्यवस्था थिएन, एउटै कोठामा धेरै शाखा राख्नुपथ्र्यो, एउटै टेबलमा दुई/तीन जना कर्मचारी बसेर काम गर्नुपथ्र्यो। अब नयाँ भवनबाट सेवा दिन पाउँदा हामी उत्साहित छौं।’

परवानीपुर गाउँपालिकाले मासिक ५० हजार रुपैयाँमा भाडाको घर प्रयोग गर्दै आएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै