ट्रेन्डिङ

१२ लाख मूल्यका राजश्व चोरीका सामान पर्साबाट पक्राउ

बीरगन्ज । पर्साबाट प्रहरीले १२ लाख मूल्यका भन्सार छलीका सामान पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा १२ लाख ३ हजार मूल्य बराबरका सामान पक्राउ गरेको हो ।

जिल्ला प्रहरीबाट खटिएको टोलीले गरेको नियमित जाँचका क्रममा फरकफरक स्थानबाट राजश्व चोरीका लत्ताकपडा तथा विभिन्न खाद्यन्न सामानहरु नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुुझाइएको प्रहरीले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै