वीरगन्ज । वीरगन्जका ट्राफिक इन्स्पेक्टर लोकराज भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन ।
मधेशका ८ वटै जिल्लामा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै ट्राफिक इन्स्पेक्टर भट्टलाइ असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको हो ।
ट्राफिक व्यवस्थापनमा सक्रियता, अनुशासन र कर्तव्यपरायणताको उदाहरण पेश गर्दै प्रहरी निरीक्षक भट्ट ‘Best Traffic Police of the Month’ घोषित भएका हुन ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारा अन्तर्गत मधेस प्रदेशका आठै जिल्लाबाट पठाइएका मूल्यांकनका आधारमा भट्टलाई असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कठिन ट्राफिक चुनौतीमा कुशल व्यवस्थापन
प्रहरी निरीक्षक भट्ट वीरगन्जजस्तो जटिल र व्यस्त सहरमा कार्यरत रहँदै ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउन सफल भएका छन्।
आकस्मिक अवस्थाहरूमा निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वका आधारमा उनी उच्च मूल्यांकनमा परेका हुन ।
उनको योगदानको उच्च कदर गर्दै प्रहरी निरीक्षक भट्टलाई रु ६,३०० नगद पुरस्कारसहित सम्मान गरिएको छ।
“Best Traffic Police of the Month” कार्यक्रम अन्तर्गत मासिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने ट्राफिक प्रहरीलाई छनोट गरी पुरस्कृत गरिन्छ।
असार महिनाको लागि यो सम्मान इन्स्पेक्टर भट्टलाई प्रदान गरिएको हो।