ट्रेन्डिङ

सुनको भाउ तोलामा आज मात्रै १८ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउमा भने आज नयाँ रेकर्ड बनेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै