वीरगन्ज । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यक्रम तालिका स्वीकृत गरेको छ।
आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम स्वीकृत भइसकेको जानकारी दिएकी छन्।
निर्वाचन कार्यक्रमको विस्तृत तालिका :
असोज ११ गते (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म) : उम्मेदवारको मनोनयन दर्ता। सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।
असोज २२ गते (बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म) : उम्मेदवारको विरोधमा उजुरी दिने समय। सोही दिन दिउँसो ३ बजेदेखि भोलिपल्ट (असोज २३) साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय हुनेछ।
असोज २३ गते (साँझ ५ बजेदेखि ७ बजेसम्म) : उम्मेदवारको नामावली प्रकाशन।
असोज २४ गते (बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म) : उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन्।
असोज २४ गते (दिउँसो १ बजेदेखि ३ बजेसम्म) : निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन।
असोज २४ गते (दिउँसो ३ बजेदेखि ६ बजेसम्म) : उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
कात्तिक १७ गते (बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म) : मतदान हुनेछ।
आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको स्मरण पनि गराएको छ।