काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को सुरुवातसँगै सुनचाँदीको बजारमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ३२ गतेको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेर कारोबार भएको हो।
महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँमा कायम भएको छ।
यसअघि बुधबार सोही सुनको मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य बुधबारको २ हजार २६० रुपैयाँबाट आज २ हजार २६५ रुपैयाँ पुगेको छ।
विलासिता करप्रति व्यवसायीको विरोध
आजबाटै सरकारले लागू गरेको २ प्रतिशत विलासिता करप्रति सुनचाँदी व्यवसायीहरू असन्तुष्ट छन्।
उनीहरूले करको दर पुनर्विचार गर्न माग गर्दै विरोध जनाइरहेका छन्।
महासंघका अनुसार यस किसिमको करले बजारमा नकारात्मक असर पार्ने र उपभोक्ता मूल्य झनै महँगो हुने चिन्ता बढेको छ।