बारा । सिद्धार्थ बैंकको कलैया शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कलैयाका दुई सामुदायिक विद्यालयलाई सिलिङ पंखा वितरण गरेको छ।
बैंकले श्री नेरा नमुना मा. वि., कलैया वडा नं–१ र श्री सिदेस्वर मा. वि. कलैया–३ मा ४÷४ थान सिलिङ पंखा सहयोग गरेको हो।
सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदीप ताम्रकारले बैंकले समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आएको र स्थानीय तहमा शिक्षाको गुणस्तर अभिवृद्धिमा निरन्तर योगदान दिने चाहना रहेको बताए।
विद्यालय व्यवस्थापन समिति श्री नेरा नमुना माध्यमिक विद्यालयका अध्यक्ष अभिषेक प्रसाद साहले यो सहयोग विद्यार्थी, शिक्षक र कर्मचारी सबैका लागि सराहनीय रहेको भन्दै बैंक परिवारलाई धन्यवाद दिए। बढ्दो गर्मीमा पठनपाठनमा सहजता ल्याउन यो सहयोग महत्वपूर्ण हुने सिदेस्वर संस्कृत माविका अध्यक्ष मुनिन्द्रनाथ शर्माले बताए।
सिद्धार्थ बैंक, कलैया शाखाका प्रबन्धक मनमोहन लाल साहका अनुसार, बैंकले एक महिनाअघि कलैया क्रिकेट क्लबलाई हेभी ड्युटी वाटर प्युरिफायर पनि हस्तान्तरण गरेको थियो। उनले यस्ता सहयोगका कार्यहरू हरेक वर्ष निरन्तरता दिने बताए।
पंखा वितरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर क्षेत्री, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी, बैंकका कर्मचारीहरू, क्रेडिट एन्ड मार्केटिङ डिपार्टमेन्टबाट कृतिका खतिवडा र अनामिका श्रीवास्तव लगायतको उपस्थिति थियो।