बीरगन्ज । यस वर्षको दसैंमा माग हुने साना दरका नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि साना दरका नयाँ नोट साट्न सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) आइतबारदेखि नोट सटही सुरु भएको हो ।
यो सुविधा असोज २२ गतेसम्म जारी रहने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले हरेक वर्ष दसैँ तिहारमा माग हुने नयाँ नोटका लागि सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।
यद्यपी यसअघि सरकारले नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो ।
नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो ।