वीरगन्ज । ‘रक्तदान जीवनदान, रक्तदान महादान’ को मूल नाराका साथ वीरगन्जमा एक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
वीरगन्ज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको प्रांगणमा आज आयोजित यस कार्यक्रममा १२ जना महिलासहित कुल ४१ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा अञ्जली यादव, प्रियंसु यादव, बनिता श्रेष्ठ, सोफिया मल्ल, अमृता थापा, दिलमाया, विशाल साह, मो. नुरबाबु हास्मी, कविन साह, रामबाबु मुखिया, सोनी प्रति साह, रामुजी यादव, शेती मगा, प्रणिस्ता न्यौपाने लगायतका व्यक्तिहरूले आफ्नो अमूल्य योगदान दिएका थिए।
साउथ सिटी हिमाल हस्पिटल प्रा.लि. द्वारा आयोजित यस कार्यक्रम गर्मीको चर्को मौसममा अस्पतालहरूमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको थियो। आयोजकका अनुसार यस पहलले रगतको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाका सदस्य दया शंकर सिंह, वीरगन्ज कपडा बैंकका अध्यक्ष लाल बाबू सिंह, रेडक्रस रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, संचारकर्मी अर्जुन चौधरी र प्रहलाद चौरसिया लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नेपाल रक्त संचार केन्द्र, वीरगन्जका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।