ट्रेन्डिङ

रवि लामिछानेको समर्थनमा मनिषा कोइराला : ‘राज्यबाट अन्याय भयो’

वीरगन्ज । बलिवुडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ‘न्यायका लागि’ भन्दै चलाइएको हस्ताक्षर अभियानमा सहभागी भएकी छन्।

रास्वपाले आयोजना गरेको यस अभियानमा आज कोइरालाले रास्वपाको बनस्थलीस्थित कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन्।

हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले राज्यबाट रवि लामिछानेमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताएकी छन्। उनले आफू कुनै राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट पार्दै आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको उल्लेख गरिन्।

‘रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा कोइरालाले ‘डेफिनेट्ली’ भन्दै आफ्नो दृढ समर्थन व्यक्त गरिन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै