
महोत्तरी । बाढीको चपेटामा परी महोत्तरीमा दुई जना युवकको मृत्यु भएको छ । सोनीखोलाको बाढीमा परी दुइ जना युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङ रहेका प्रहरीले जनाएको छ ।
सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन्भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए ।
यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया किशोरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् ।