ट्रेन्डिङ

कांग्रेस केन्द्रीय सदस्य रुंग्टाको होटलको स्वीमिङ पुलमा ज्यान गुमाए ९ वर्षे बालक, प्रहरी भन्छ– लापरबाही थियो

वीरगन्ज । पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–११ निवासी ९ वर्षीय बजरंगी रौनियारको स्वीमिङ पुलमा डुबेर ज्यान गएको छ।

शनिबार साँझ आदर्शनगरस्थित ‘दियालो लर्ड्स होटल’को स्वीमिङ पुलमा डुबेर गम्भीर अवस्थामा पुगेका बालकलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार, बालक नुहाउने क्रममा डुबेका थिए। “साँझ नुहाउन गएका बालक डुबेर अचेत भए। उपचारका लागि लैजाँदा चिकित्सकले मृत घोषणा गरे,” डिएसपी लम्सालले जानकारी दिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा लापरवाहीकै कारण बालकको मृत्यु भएको देखिएको जनाएको छ। यद्यपि, घटनालाई शंकास्पद मानी सूक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

हाल मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालको शवगृहमा राखिएको छ।

डुबेको स्वीमिङ पुल रहेको दियालो लर्ड्स होटल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंग्टाको स्वामित्वमा रहेको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै