बीरगन्ज । पर्साको सिर्सिया नदीमा एक बालिका हाम फालेकी छन् । नदीमा १७ वर्षीया बालिकाले हाम फालेको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका प्रमुख कुमोध ढुङ्गेलका अनुसार आज बिहान ९ बजेको समयमा सिर्सिया नदीबाट एक जना बालिकाले नदीमा हाम फालेकी हुन् ।
बालिकाले नदीमा हाम फालेको खबर स्थानीयले प्रहरीलाई गराएको थियो । घटनाको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले बालिकाको खोजी कार्य गरिरहेको जनाएको छ ।
बालिका को हुन् भन्ने यकिन नखुलेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।