ट्रेन्डिङ

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई मधेसका समाभुखले गरे पुरस्कृत

जनकपुरधाम । मधेश प्रदेशमा शिक्षा क्षेत्रमै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने मोनास्टिक स्कुलका विद्यार्थी र शिक्षकहरुलाई समेत सभामुख रामचन्द्र मण्डलले सम्मानसहित पुरस्कृत गरेका छन् ।

जनकपुरधाममा शनिबार मधेश प्रदेशसभाका सभामुख मण्डलले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा मोनास्टिक स्कुलको प्रशंसा गर्दै विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् ।

उनले जनकपुरधाम क्षेत्रको शैक्षिक क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको भन्दै  गम्भीर हुन आवश्यक रहेको औल्याए ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले एसईई परीक्षामा मोनास्टिक स्कुलका ६ जना विद्यार्थीले फोर जिपीए ल्याउन सफल भएकोमा बधाई दिए । नेता यादवले शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकोले यसको निरन्तरतासंगै नेपालकै उत्कृष्ट बन्न सकिने सम्भावना रहेको बताए ।

मोनास्टिक स्कुलका एसईई परीक्षामा उत्कृष्ट नतिजना ल्याएका अविनाश यादव, अभिनव कर्ण, अमन महतो, धीरज पण्डित, प्रीन्स मोदी र प्रीयमराज साह जना विद्यार्थीलाई सभामुख मण्डल, नेता यादव, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साह, मोनास्टिक स्कुलका एमडी डा. सोनुकुमार साह र प्रिन्सिपल शिखा नायकले संयुक्त रुपमा सम्मानसहित २५ हजार रुपैयाँ नगद राशी हस्तान्तरण गरेका थिए ।

सो क्रममा अन्य विद्यार्थी र शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । सो विद्यायलले एसईई परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै