ट्रेन्डिङ

मोहर्रम पर्वको कार्यक्रम स्थल परिवर्तन : वीरगन्जको पुरानो बसपार्कबाट आदर्शनगर रंगशालामा सारिने

फाइल तस्बिर

वीरगन्ज । आउँदो २०८२ साल असार २२ गते आइतबार मुस्लिम धर्मावलम्बीहरूले मनाउने मोहर्रम पर्वको अवसरमा आयोजना गरिने ‘बाना भाज्ने’ कार्यक्रमको स्थल परिवर्तन गरिने भएको छ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति पर्साले वीरगन्जको पुरानो बसपार्कको सट्टा आदर्शनगर रंगशालामा कार्यक्रम गर्न स्वीकृति प्रदान गर्न वीरगन्ज महानगरपालिकालाई अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले हिजो वीरगन्ज महानगरपालिकालाई पठाएको पत्रअनुसार, पुरानो बसपार्क तुलनात्मक रूपमा बढी सहभागिता रहने जमघट स्थल भएकाले सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त देखिएको हो। त्यसैले, जिल्ला सुरक्षा समितिको सोही दिन बसेको बैठकले मोहर्रमको कार्यक्रम आदर्शनगर रंगशालामा सार्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

मोहर्रम मुस्लिम समुदायको एक महत्वपूर्ण पर्व हो, जसमा विभिन्न धार्मिक अनुष्ठान तथा गतिविधिहरू सञ्चालन गरिन्छ। ‘बाना भाज्ने’ लगायतका कार्यक्रमहरूमा ठूलो संख्यामा मुस्लिम समुदायको उपस्थिति रहने गर्दछ। यसरी स्थल परिवर्तनको निर्णय सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन र कुनै पनि अप्रिय घटना हुन नदिनका लागि गरिएको बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै