
जनकपुर । नालामा डुुबेर सप्तरीमा एक जना नाबालकको मृत्यु भएको छ । ढक्कनले नछोपिएको नालामा डुुबेर सप्तरीमा एक नाबालकको मृत्युु भएको हो ।
जिल्लाको राजविराज नगरपालिका ८ का ८ वर्षीय प्रिन्स कुमार साहको शव डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको नालामा डुुबेको अवस्थामा प्रिन्सको शव फेला पारेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार हिजो घर नजिकै खेलिरहेको अवस्थामा बालक बेपत्ता भएका थिए । खोजीका क्रममा शनिबार बिहान ९ बजे घर नजिक ढक्कन खुल्ला रहेको नालामा बालकको शव भेटिएको हो ।
बालकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।