ट्रेन्डिङ

चन्द्रागिरीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु

काठमाण्डौँ । चन्द्रागिरी नगरपालिकामा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ । नगरपालिकाको वडा नम्बर २ मसिनेमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा ३९ वर्ष गर्वे तामाङ र उनको श्रीमती ३६ वर्षीया सविना तामाङ रहेका छन् ।

त्यस्तै, पहिरोमा परि उनकी आमा ठूलीमाया तामाङ, छोरी बिनिसा घाइते भएका छन् ।

घाइतेको उपचार एपीएफ अस्पताल सतुङ्गलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै