वीरगन्ज । बहुदरमाई नगरपालिकामा वृजकिशोर साहले प्रमुख प्रशासकीय अधिकृतको रूपमा आफ्नो पदभार ग्रहण गरेका छन् ।
नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत साहलाई नगरपालिका परिवार र स्थानीय बासिन्दाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। वृजकिशोर साहको नेतृत्वमा बहुदरमाई नगरपालिकाको विकास निर्माण कार्यले गति लिने र स्थानीय जनताको सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
यसरी पूर्व प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि रिक्त रहेको पदमा साहलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको हो।