Close This

ट्रेन्डिङ

पहिरोले पुरिएर ७ जनाको मृत्यु

काठमाण्डौँ । अविरल वर्षापछि पहिरो खस्दा भक्तपुर र ललितपुरमा गरि ७ जनाको मृत्यु भएको छ । पहिरोले पुरिदाँ ललितपुरमा ४ र भक्तपुरमा ३ जना गरि सात जनाको मृत्यु भएको हो ।

ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ । भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।

टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जनाइएको छ ।

गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए।

‘वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् । त्यहाँ पाँच जना थिए । उनीहरु सम्पर्क छैनन्’, उनले भने। प्रहरीहरूले भने सुरक्षित स्थानतर्फ गएको उनले बताए।

बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए ।

‘हालसम्म मानवीय क्षति भएको छैन’, उनले भने ।

बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ ।

‘बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, बागमती ३ नं वडा कार्यालय जोखिममा छ भने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।’

भक्तपुरमा तीन जना :

अविरल वर्षापछिको पहिरोले पुरिँदा भक्तपुरमा तीन जनाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे १० बजे गएको पहिरोले पुरिँदा सूर्यविनायक नगरपालिका–९ पलासेमा बस्दै आएका कालिकोटका एक गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको हो ।

पलासेमा जग्गा भाडामा लिई टहरो बनाएर बस्दै आएका तीन जनाको पहिरोमा परी मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार पहिरोमा परी २४ वर्षीया गर्भवती दमिला शाही उनकी चार वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको हो ।

पहिरो गएको स्थानमा पुगेर सशस्त्र प्रहरी बलको नम्बर २२ गणमातहतको भक्तपुरस्थित सुरक्षा बेश ब्यासीका सशस्त्र प्रहरी निरीक्षक भुपालबिक्रम शाहको कमान्डमा गएको टोली उद्धारमा खटिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै