वीरगन्ज । प्रतिनिधि सभाको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले आज काठमाडौँमा एक पत्रकार सम्मेलनमार्फत रिक्त रहेको यस पदका लागि उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो।
यो संसदीय सिट २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन पश्चात् रिक्त भएको थियो। बोहराको निधन गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा भएको थियो।
बोहराको निधनसँगै रिक्त भएको यस महत्वपूर्ण सिटमा पुनः जनप्रतिनिधि चुन्नका लागि निर्वाचन आयोगले तयारी सुरु गरिसकेको छ।