वीरगंज। पर्सा जिल्लामा जनमत पार्टीले संगठन निर्माणलाई तीब्रता दिएको छ ।
यसैक्रममा वीरगन्ज महानगरपालिकाको ग्रामीण भेग वडा नम्बर-२७, कुहडीमा आयोजित एक कार्यक्रममा विभिन्न दल परित्याग गरी सयभन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवा अगुवाहरू हरि यादव, धुपलाल महतो, सन्दीप यादव, बिटु यादव, बिरेन्द्र यादव, बिपिन यादव, बिकास यादव, रन्जित यादव, मुना अन्सारी, अनिल पासवान, चन्देश्वर साह, असलम अन्सारी, जितेन्द्र मन्डल, जय किशन पटेल लगायत सयभन्दा बढी युवाहरूले जनमत पार्टीको सदस्यता लिएका हुन्।
वडा इकाई समिति अध्यक्ष बिराजु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्यहरू बिध्यालाल प्रसाद, रम्भा मिश्र, नजमा खातुन, राजेश चौरसिया, महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, महानगर युवा अध्यक्ष संजय सिह, ई. राजुराज गिरी लगायतले जनमत पार्टी नै देशको एक मात्र विकल्प भएकोले सबैलाई जनमतमा गोलबन्द हुन आग्रह गरे।
कार्यक्रममा प्रदेश सदस्यहरू ब्रीजेस्वर चौधरी, राजनारायण मिश्र, क्षेत्रीय संयोजकहरू गगनदेव यादव, डा. मनोज सरार्फ, देवराज सरार्फ, महिला जिल्ला संयोजक अन्जना गुप्ता, दलित जिल्ला संयोजक नरेश राम, धिरेन्द्र पन्जियार, महानगर सचिव लोकेश कर्ण, सिकेन्द्र राम, हिरालाल राम, विद्यार्थी नेता अभिषेक झा, अनिता राम लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।