ट्रेन्डिङ

वीरगन्ज महानगरपालिकामा मेलमिलापसम्बन्धी आठ दिवसीय आधारभूत तालिम सम्पन्न

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको न्यायिक समितिले आयोजना गरेको मेलमिलापसम्बन्धी आठ दिवसीय (४८ घण्टे) आधारभूत तालिम सम्पन्न भएको छ।

महानगरपालिकाका विभिन्न वडाबाट सहभागी प्रशिक्षार्थीहरूको उपस्थितिमा तालिम सफलतापूर्वक सम्पन्न भएको हो।

तालिम समापन कार्यक्रम वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा न्यायिक समितिका सदस्यहरू सर्जु महतो र बैजु स्वर्णकारको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उपप्रमुख आलमले न्यायिक समितिले सम्पादन गर्दै आएका कार्यहरूका बारेमा प्रस्ट पारे । उनले हालसम्म मेलमिलाप र फरछ्योट गरिएका मुद्दाहरूको बारेमा जानकारी गराउँदै समितिले मुद्दाहरूलाई मेलमिलापबाटै समाधान गरी पठाउन प्राथमिकता दिएको बताए ।

‘हाम्रो प्रयास मुद्दाहरूलाई मेलमिलापबाट समस्या समाधान गरी मेलमिलाप गराई पठाउन गरेका छौँ,’ उपप्रमुख आलमले भने ।

उपप्रमुखका प्रेस सल्लाहकार मोहम्मद सदाबले जानकारी गराएअनुसार, समापन कार्यक्रममा उपप्रमुख आलमले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा महिला तथा पुरुष दुवैको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै