ट्रेन्डिङ

पर्सामा ३१९ किलो चरेससहित ट्रक पक्राउ, आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै

वीरगन्ज । पर्सा प्रहरीले लागु औषध कारोबारमा संलग्न एक ट्रकबाट ३१९ किलो चरेस बरामद गरेको छ।

बरामद चरेससहित ट्रक चालकलाई पक्राउ गरिएको छ भने घटनाबारे विस्तृत जानकारी दिँदै आज दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ गइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रक जाँच गर्दा ठूलो परिमाणमा चरेस फेला परेको हो।

प्रहरी प्रमुख गौतम मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त चरेस भारततर्फ तस्करी गर्न लागिएको शंका गरिएको छ।

चरेस ओसारपसारमा संलग्न रहको आरोपमा प्रहरीले मकवानपुर जिल्ला, थाहा नगरपालिका–१२ निवासी ट्रक चालक बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको हो।

उनको साथबाट रु. १ लाख ९२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण र थप अनुसन्धानबारे प्रहरीले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै